बुटवल,१४ पुस ।
बुटवलका विद्यालय भाेली विहिबार र पर्सि शुक्रबार बन्द हुने भएका छन् ।
अत्यधिक चिसाे बढेका कारण बुटवल पुस १५ र १६ गते नगरपालिका भित्रका बिद्यालयमा बिदा दिने निर्णय गरेकाे उपमहानगरपालिकाले जनाएको छ ।

वर्षे तथा हिउदे विदाबाट मिलान गर्नेगरी दुई दिन विदा दिने निर्णय गरिएकाे उपमहानगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।