काठमाडौ,१३ पुस ।
नेपालमा मंगलबार थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित निको भएका छन भने २ जनाको मृत्यु भएको छ ।
नेपालमा ८ लाख ११ हजार २६५ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५८८ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० जना रहेका छन् । जसमध्ये ४ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने २४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






