बुटवल,१३ पुस ।
हिमालयन जनरल ईन्सोरेन्स कम्पनी लिमिटेड को २८ औं बार्षिक उत्सवमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको स्थापना दिवशका अवसरमा कम्पनीको बुटवल शाखाले रक्तदान गरेको हो ।
रक्तदान जिवनदान भन्ने नाराका साथ कार्यक्रम गरिएको बुटवल शाखाका प्रमुख शंकर श्रेष्ठले बताए ।

बुटवलस्थित रक्तसंचार केन्द्र प्राविधिक सहयोगमा कम्पनीको बुटवल राजमार्गा चौराहमा रहेको कार्यालयमै रक्तदान गरिएको कम्पनीले जनाएको छ ।
सो अवसरमा ४० युनिट रगत संकलन भएको जनाइएको छ । कम्पनीको बुटवल शाखा प्रमुख श्रेष्ठले संस्थाका कर्मचारी एवं शुभेच्छुकहरुको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको बताए ।
पहिलो पटक आयोजना गरेको कार्यक्रमा पनि निकै उत्साहजनक रुपमा सहभागिता रहेकोले होसला थपेको उनको भनाई रहेको छ ।