बुटवल,१३ पुस । तिनाउ दानव करीडोर पिडित संघर्ष समितिले आज बुटवल उपमहानगरपालिकामा एक घण्टा धर्ना दिएको छ ।
करिडोर पिडितहरूकाे उचित ब्यवस्थापनकाे माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिकाे आह्वानमा आज मध्याह्न १२ बजेदेखि १ बजेसम्म नगरपालिकामा धर्ना दिएको हो ।

धर्नाका कारण त्यस क्षेत्रकाे सवारी आवागमन अबरुद्ध भएको थियोे ।
यसअघि बुटवलको पुरानो बसपार्कबाट सुरु भएको बिराेध जुलुस बि पि चोक,ट्राफिक चोक हुँदै नगरपालिका गेट अगाडी पुगेर धर्नामा परिणत भएको थियोे ।

प्रदर्शनकारीहरूले करीडोर पीडित सबै सुकुम्बासीलाई लाल पुर्जा दे,करीडोर पीडित सबैलाई उचीत ब्यबस्था गर,मत र कर बैध जनता किन अबैध ? विकासको नाममा जनताको बिचल्ली र बिनास गर्न पाइदैन,यस्ता मेयर चाइदैन,सयुक्त सघर्स समीती एकता जिन्दाबाद लगायतका नारा लगाएका थिए ।

धर्ना पश्चात् आयाेजित काेणासभालाई सम्बनेधन गर्दै संघर्ष समितिका अध्यक्ष आत्माबहादुर रानाले अव्यवस्थित र भुमिहिन जनताहरूलाई व्यवस्थित रूपमा बसाेवासकाे ब्यवस्था गर्न माग गर्दै जनताको गाँस,बास उठाएर आफ्नो स्वार्थ पूरा गर्न खाेज्नु मुर्खतापुर्ण भएको बताए ।

आफुहरूकाे माग पूरा नभए बुटवल उपमहानगरपालिकामा तालाबन्दी गरि सम्पुर्ण कामकाज ठप्प पार्ने उनको चेतावनी छ ।

तिनाउ दानव करीडोर सघर्स समितीकाे आयोजनामा भएको प्रदर्शनमा सयौंको सहभागीता रहेको थियोे ।