काठमाडौं,१२ पुस ।
नेपालमा सोमबार थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमित निको भएका छन भने १ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ८ लाख ११ हजार ५ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५८६ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेको छ । जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।