बुटवल,१२ पुस ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् देवदह नगर समिति,रुपन्देहीले ढेकावरमा ,रुपन्देहीले ढेकावरमा शुभकामना आदान–प्रदान गरी २६०५ औं ल्होसार पर्व मनाएको छ ।
सो अवसरमा बोल्दैं देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले सबैको संकार–संस्कृति,भाषा–लिपी संरक्षण र सम्बद्र्धन गर्ने काम राज्यको दायित्व भएको भन्दैं देवदह नगर त्यसमा अगाडी बढेको बताए ।
उनले भाषा–लिपीको संरक्षणमा राज्यलाई बोध गर्न जाति समुदायको अगुवाई हुंनुपर्नेमा जोड दिए ।
देवदह नगरका उपप्रमुख विद्यालक्ष्मी गुरुङले ल्होसारको महत्ववारे चर्चा गदैं पहिचान,इतिहास र अस्तित्व जोगाउंन गुरुङहरु एकजुट हुंनुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा खेमा भाषा–लिपीका अभियन्ता एवं परिषद्का प्रमुख सल्लाहकार भीम गुरुङले गुरुङको रीतिरिवाज,भाषा–लिपी संरक्षण गर्ने अभियानमा आफु निरन्तर लागि परेको बताउंदैं राज्यले त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।
परिषद्का कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षता,सचिव सरिमाया गुरुङको सञ्चालन तथा सोमबहादुर गुरुङको स्वागतमा भएको कार्यक्रममा देवदह–२ का वडासदस्य टोकबहादुर पुलामी,परिषद्का सल्लाहकार दुरमान गुरुङ,जिल्ला सदस्य गौबहादुर गुरुङ,माङी समिति देवदहकी अध्यक्ष सावित्री गुरुङ,माओवादी केन्द्र देवदहका उपाध्यक्ष गणेश खाती,विष्णु गुरुङ,अशोक गुरुङ,मिना श्रेष्ठ,कालुराम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीले आज बुटवलमा रक्तदान गरिएको छ ।
ल्होसार पर्वको पावन अवसरमा परिषद्ले रक्तदान गरेको हो ।
परिषद्ले पौष १३ देखि १६ गतेसम्म घर–घरमा दीपावली गर्ने र १४ गते मोटरसाइकल र्याली तथा १५ गते मुल कार्यक्रम गरेर ल्होसार मनाउंने कार्यक्रम रहेको जनाएको छ ।






