काठमाडौं,१२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत प्रज्ञा भवनमा आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई भने नबाँडिएको बताइएको छ ।
प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि ती प्रतिवेदनहरुमा बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।
राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।






