काठमाण्डौ,११ पुस ।
एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराउन सफल भएको छ ।

आज बङ्गलादेशको ढाकामा भएको खेलमा माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा हराउँदै नेपालले अघिल्लो चरणमा पुग्ने आशा जीवितै राखेको हो ।

नेपालले बङ्गलादेशलाई २७–२५, २५–१९ र २५–२३ को सोझो सेटमा हराएको हो । जितसँगै ६ अङ्क बनाएको नेपाल शीर्ष ४ मा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई तीन–एकको सेटमा हराएको थियो । यस्तै नेपाल बङ्गलादेशसँग तीन–शून्यको सोझो सेटमा र श्रीलङ्कासँग तीन–एकको सेटमा पराजित भएको थियो ।