काठमाण्डौ,११ पुस ।
नेपालमा आइतबार थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी नौ हजार ६६७ जनाको नमुना परीक्षण गर्दा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित निको भएका छन भने दुई जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म आठ लाख १० हजार ७८० जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार पाँच सय ८५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिले नेपालमा चार हजार ९०६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा ७६ हजार ३३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
योसहित नेपालमा ९९ लाख ९६ हजार ३८० जनाले पूर्ण मात्रा र एक करोड ३१ लाख ७५ हजार ५९७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।






