बुटवल,११ पुस ।
मानव कल्याण मित्र मञ्च नेपाललाई सामाजिक कार्यगर्न आफनै भवन नहुदा समस्या हुने गरेको भन्दै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन तिलोत्तमा नगरपालिकासंग माग गरेको छ ।
नगरपालिकाले जग्गा उपलब्ध गराए सुविधा सम्पन्न भवन बनाउन संस्था लागि पर्ने मञ्चले जनाएको छ ।
भारतवाट उद्धार गरी ल्याईएकाहरुलाई सम्बन्धीत घरपरिवारलाई जिम्मा नलगाउदासम्म राख्नका लागि आफ्नै भवन जरुरी रहेको मञ्चले जनाएको छ । मानव कल्याण मित्र मञ्च नेपालको चौथौ वार्षिक साधरण सभामा बाेल्ने वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् ।
जग्गा व्यवस्थापनका लागि मञ्चका संरक्षक पुरुषोत्तम भट्टराई, अध्यक्ष दुर्गा प्रसाद अर्याल, र झविलाल अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

प्रवासी नेपाली मित्रमञ्चको सहकार्यमा मानव कल्याण मित्र मञ्च नेपालले बालवालिका र महिलाको क्षेत्रमा काम गर्दै आएको छ । भारतमा हराएका तथा अलपत्र परेका बालवालिका र महिलाको उद्वार गरी मानव कल्या मित्र मञ्चले नेपाल ल्याएर आफन्तलाई बुझाउने गरेको छ ।
मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले भारतमा हराएका वा अलपत्र परेका बालवालिका र महिलाहरु भए जानकारी गराउन आग्रह गरे । बालवालिकाको अधिकार सुनिश्चित गर्नका लागि तिलोत्तमा नगरपालिकाले अगाडी सारेको बालमैत्री समाज निर्माणको अवधारणालाई सहयोग गर्ने अध्यक्ष अर्यालले प्रतिवद्वता जनाए ।
साधारण सभामा कोषाध्यक्ष शालिकराम गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, पार्वता केसी सचिव कविता पन्थी लगायतले बोल्दै मानवीय सेवा नै धर्म भएकाले समाजका हरेक व्यक्ति समाजप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।