काठमाण्डौ,१० पुस ।
नेपालमा शनिबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरी ६ हजार ४४७ जनाको नमूना परीक्षण गर्दा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रममित निको भएका छन् ।
नेपालमा अहिलेसम्म आठ लाख १० हजार चार सय ९७ जना कोरोना संक्रमित निको भैसकेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ हजार पाँच सय ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रममित निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ९७८ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ५५ हजार चार सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यससँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ९९ लाख ८५ हजार ५६८ जना पुगेको छ । यो संख्या नेपालमा कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको ५० दशमलव एक प्रतिशत हो । एक करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






