g]kfnL sf+u|];sf] !$ cf}+ dxflwj]zgjf6 s]lGb|o ;b:odf ljhoL ePsf g]kfnL sfu|];sf ;efklt z]/jxfb'/ b]pjfnfO{ k|df0fkq ljt/0f ub}{ dxflwj]zg lgjf{rg s]lGb|o ;ldltsf ;+of]hs uf]kfn s[i0f l3ld/] . tl:j/ M k|bLk/fh jGt,/f;;

काठमाडौं,१० पुस ।
नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको पहिला बैठक पाँचवटा निर्णय गर्दै सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको पार्टीका महामन्त्री गगन थापाले बताएका छन् ।

बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री थापाले बैठकले पाँचवटा निर्णय भएको जानकारी दिए । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको थापाले जानकारी दिए ।

महामन्त्री थापाका अनुसार पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने, राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थापाले जानकारी दिए ।

यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताएका हुन् ।

सभापति देउवाले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै ती चुनौतिलाई पनि सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाको योजना छ । आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत उनले व्यक्त गरे । सभापति देउवाले सिंगो मुलुकको प्रतिनिधित्व हुने गरी पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

सभापति देउवाले भने, ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु । पूर्ण रुपमा सबैको सहयोग, निष्पक्ष रुपमा सबैको सहयोग, महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलव छैन । म सबैको सभापति हुँ । म सबैको सभापति हुने प्रयास मात्रै होइन्, त्यही गर्नेछु । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु । र यसमा सबैको सहयोग हुने विश्वास लिएको छु ।’

सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद दिए । उनले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई बधाई पनि ज्ञापन गरे ।