काठमाण्डाै,१० पुस ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र बितरण गर्दैछ ।
प्रमाणपत्र ग्रहणसँगै नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरूले आज पदभार ग्रहण गर्दैछन् ।

पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम रहेको
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्यका लागि गएको मंसिर २७ गते चुनाव भएको थियो । १४औँ महाधिवेशबाट आएको कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्दैछ ।