काठमाण्डाै,९ पुस । नेपालमा शुक्रबार थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार ८९८ जनाको नमुना परीक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३४९ जना काेराेना संक्रमित निको भएका छन भने एक जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म आठ लाख १० हजार २७१ जना काेराेना संक्रमित निको भएका छन भने ११ हजार ५८२ जना संक्रमितको मृत्यु भएको छ ।

हाल नेपालमा पाँच हजार ४८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यससँगै नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ९९ लाख २७ हजार एक सय २३ जना र कम्तीमा एक मात्रा खोप लगाउनेको संख्या एक करोड २९ लाख १३ हजार ६६ पुगेको छ ।

नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा कोरोनाविरुद्धको खोप प्राप्त भएकोमा दुई करोड २८ लाख ४० हजार एक सय ८९ मात्रा खोप प्रयोग भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।