बुटवल,८ पुस ।
रुपन्देहीको तिनाउ–दानब कोरिडोर पिडित संघर्ष समितिको आन्दोलन प्रति बुटवलमा क्रियाशील बिभिन्न राजनीतिक दलहरुले ऐक्यवद्धता जनाएका छन् ।

तिनाउ–दानब कोरिडोर पिडित संघर्ष समितिद्धारा आज बुटवलको मजुवामा आयोजित प्रतिवद्धता सभामा बुटवलमा क्रियाशील बिभिन्न राजनीतिक दलहरुले ऐक्यवद्धता जनाएका हुन् ।
कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी बिश्वाश भट्टराई,नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे लगायत नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,जनता समाजवादी लगायतका पार्टीका नेताहरुले आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै कोरिडोरका कारण बिस्थापितहरुलाई पुनस्र्थापित गर्ने सुनिस्चितता गरेर मात्रै काम अगाडी बढाउनुपर्नेमा जोड दिए ।
तिनाउ–दानब कोरिडोर पिडित संघर्ष समितिका अध्यक्ष आत्मा बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघर्ष समितिका सल्लाहकार जुद्ध केसी,बिरेन्द्र बिक,हरी घर्ती,जया पौडेल,समितिका उपाध्यक्षद्धय खगेन्द्र पौडेल र राज शाही लगायतले बोल्दै कोरिडोरका कारण आफुहरुले खाइ नखाई जोडेको घर बास जाने अवस्था आएको भन्दै बिस्थापितहरुको उचित पुनस्र्थापना गरेर मात्रै कोरिडोर बनाउनुपर्ने अन्यथा आफुहरु जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।






