काठमाण्डौ,८ पुस ।
नेपालमा बिहिबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको नमुना परीक्षण गर्दा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६३ जना कोरोना संक्रमित निको भएका छन भने दुई जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म आठ लाख नौ हजार ९२२ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५८१ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले नेपालमा पाँच हजार १६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप दुई लाख ८२ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई लाख ८२ हजार ६ सय जनाले खोप लगाएसँगै नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ९८ लाख ३८ हजार दुई सय जनाभन्दा धेरै पुगेको छ ।
यस्तै एक करोड २६ लाख ७२ हजार चार सयभन्दा धेरै जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सरकारले अहिले १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइरहेको छ ।
बालबालिकालाई स्कुलमै पुगेर खोप दिने क्रम चलिरहेको छ । १८ वर्षमाथिका नागरिकलाई भने सरकारले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गर्दै आएको छ ।






