बुटवल,८ पुस ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशन बिहीबारदेखि बुटवलमा सुरू भएको छ ।
महाधिवेशनको नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गरे ।
कार्यक्रममा बोल्ने मजुर नेताहरुले साझा मुद्धामा सबै मजदुर संगठनहरु एकै ठाउमा उभिनुपर्नेमा जोड दिए ।
एक्ला एक्लै हिडेर गन्तब्यमा पुग्न नसकिने भन्दै उनिहरुले साझा मुद्धामा सबै मजदुर संगठनहरु एकै ठाउमा उभिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले साझा मुद्धामा सबै मजदुर संगठनहरु एकै ठाउमा उभिनुपर्नेमा बताउदै मजदुरहरु पनि अब राजनीतिमा आउनुपर्नेमा जोड दिए ।
मजदुरहरु राजनीतिमा आएपछि मात्र उनीहरुको भविश्वय सुरक्षित हुने मजदुर नेता श्रेष्ठको भनाइ छ । ‘मजदुरले राजनीति नगरे कस्ले गर्छ ?’ अध्यक्ष श्रेष्ठले भने, ‘मजदुरले पनि देश चलाउन सक्छन । मजदुरी गरी मन्त्री बनेका व्यक्तिले मात्र मजदुरको समस्या बुझने हुन्छ । त्यसैले मजदुरहरु राजनीतिमा आउनुको विकल्प छैन ।’ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुर सहभागी हुने श्रेष्ठले आग्रह गरे । ट्रेडयुनियन महासंघले प्रतिनिधित्वको अधिकार कार्यान्वनको चरणमा पु¥याएको नेता श्रेष्ठले बताए ।
अधिवेशनले आन्दोलनको समीक्षा गर्दै चुस्त काम गर्ने नेतृत्व चयन गर्न आग्रह गरे । कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले एमालेले मात्र मजदुरहरुका समस्या समाधान गर्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वनमा ल्याउन नदिन अनेक प्रयासहरु भइरहेको बताए । उनले मजदुरको न्यूनतम ज्याला अनिर्वाय कार्यान्वन हुनुपर्ने बताए । जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायात क्षेत्रमा सेटिङ हुँदा श्रमीक र मजदुरहरु अनाहकमा जेलमा जानुपर्ने अवस्था सृजना भएको बताए । उनले आफूहरुको प्रयासलेले नैं यातायातलाई कम्पनीमा जाने माग गरिएको बताए ।
यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिफन्ट उपाध्यक्ष कमल गौतम, यातायात मजदुर संघका उपाध्यक्ष दीर्घबहादुर केसी, अखिल नेपाल मजदुर संघका अध्यक्ष राजेन्द्र आचार्य, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, आइटेप नेपालका संयोजक अजय राई, संघका पूर्व अध्यक्षहरु राजिब घिमिरे, उत्तम केसी लगायतले बोलेका थिए ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट ३५० बढी मजदुर नेताहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।






