काठमाडौं,७ पुस ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् ।

प्रतिनिसभाको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले एमालेले संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको बताए ।