काठमाडौं,७ पुस ।
नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
बुधबार ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले संक्रमित व्यक्ति होम आइसोलेशनमा रहेको जानकारी दिइन् । संक्रमितको कन्ट्याक्टट्रेसिङ पनि भइसकेको उनले बताइन् ।
यो सँगै नेपालमा ओमिक्रोन संक्रमणको तेस्रो केस पुष्टि भएको हो । यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।






