बुटवल,७ पुस ।
बुटवल स्थित कालिका मानवज्ञान माविले टोपराज (टि.आर.) शर्मा सहित बुटवल तीन पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

शर्मा नगद रु ३० हजारबाट पुरस्कृत भएका हुन् । कालिका मानवज्ञान मावि बुटवलको ६१औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उनी पुरस्कृत भएका हुन् । उनलाई शैक्षिक खोजमूलक र सकारात्मक सुझाव झल्किने खालको पत्रकारिता गरेको भन्दै राम बहादुर मिलन कुमारी अक्षयकोषद्वारा उक्त सम्मानसहित पुरस्कृत गरिएको हो ।

वि.सं.२०६० सालदेखि सक्रिय र निरन्तर पत्रकारितामा लागेका शर्मा अनलाइन खबरका प्रदेश सम्वाददाता तथा राज्य टेलिभिजनका उपसम्पादक हुन् ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले थप २ पत्रकारलाई पनि पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारी र स्वास्थ्य खबर डटकममा आवद्ध चन्द्रकान्त खनाल रहेका छन् ।
उनिहरु नगद रु १०–१० हजारबाट पुरस्कृत भएका हुन् ।