बुटवल,७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नै गाउँ ठाउँको सेवामा समर्पित हुने जनशक्ति उत्पादन गर्नु पर्नेमा जाेड दिएका छन् ।
नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुककाे रूपमा चिनिएको भन्दै मुख्यमन्त्री केसीले कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ ठाउँको सेवामा समर्पित हुने खालको जनशक्तिहरु उत्पादन गर्नुमा जाेड दिए ।

बुधबार कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा आयोजित मुल कार्यक्रमलाई सम्बाेधन गर्दैन मुख्यमन्त्री केसीले भने ‘नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक होइन् । हामीसँग कालिका जस्ता विद्यालयहरुबाट डाक्टर, पाइलट, इन्जिनियर यहि उत्पादन गरेर आफ्नै गाउँ घरका आमा-बुबा, दाजुभाई, दिदी बहिनीहरुको सेवामा समर्पित हुने शिक्षार्थीहरु यहिबाट पैदा गर्न सकऔँ ।’

मुख्यमन्त्री केसीले कालिका मानवज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने बताए ।
‘कालिका मानवज्ञान प्रदेश र राष्ट्रकै प्रतिस्पर्धामा आएर आज कालिकालाई पूर्व मेची र पश्च्मि महाकालिसम्मबाट केही नमुनाको रुपमा आत्मसाथिकरण भएको छ । यस विद्यालयको शिक्षा र भौतिक संरचनामा गुणात्मक परिर्वतनका लागि राज्यले जति लगानी गर्नुपर्छ त्यो गर्छ ।’-उनले भने ।

शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा विचार धाराले भन्दा पनि मुलुकको अभिष्ट लक्ष्यले धेरै ठूलो काम गर्ने उनको भनाइ थियोे ।