काठमाडौं,६ पुस ।
नेपालमा मंगलबार थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ८ लाख ९ जहार ३८७ जना संक्रमित निको भएका छन भने ११ हजार ५७७ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेको छ । जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९५ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






