बुटवल,६ पुस ।
नेपाली काँग्रेसको मुस्लिमतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको छ ।
मुस्लिमतर्फको एक महिलासहित तीन जना केन्द्रीय सदस्यमा रुपन्देहीका निबर्तमान पार्टी सभापति अब्दुल रज्जाक सहित तीनै जना देउवा पक्षका उम्मेदवार निर्वाचित भएका हुन् ।
मुस्लिम खुल्लातर्फ काँग्रेस रूपन्देहीका निवर्तमान सभापति समेत रहेका रञ्जाकले २ हजार ३९० र अब्दुल सतारले २ हजार २२८ मत ल्याएर विजयी भएका छन् । दुई पदका लागि भएको निर्वाचनमा १० जना उम्मेदवार थिए ।
यस्तै महिलातर्फ पनि देउवा पक्षकै जावेदा खातुन जागा १९ सय मत ल्याएर विजयी भएकी छन् । एक पदमका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।




