काठमाडौँ,५ पुस ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
महिला खुला केन्द्रीय सदस्य पदमा पनि देउवा समूहकै बर्चश्व कायम भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सर्वाधिक मतसहित जितेकी छन् । उनले दुई हजार ८८५ मत पाएकी छिन् ।
त्यस्तै, पुष्पा भुसालले दुई हजार ७१८, आरजु राणाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।
निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा समूहका हुन् । प्रसाई भने शेखर कोइराला समूहकी उम्मेदवार हुन् ।
महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।





