काठमाण्डौं,५ पुस ।
नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणनामा डा.डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् ।
२ हजार ६५० मतगणना हुँदा संग्रौलाले अग्रता कायमै राखेकी हुन् । उनले १ हजार ६५० मत पाउँदा पुष्पा भूसाल १ हजार ५५९ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १ हजार ४५६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् भने अम्बिका बस्नेत १ हजार ३१० मतसहित चौथो नम्बरमा छिन् ।

त्यस्तै १ हजार २९६ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा रहेकी छिन् भने १ हजार १९० मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला १ हजार ५८ मत ल्याएर सातौं नम्बरमा छिन् ।

सुशीला ढकालले १ हजार ४१ मत ल्याएर आठौं र १ हजार २५ मत ल्याएर रंगमति शाही नौ नम्बरमा छिन् ।

काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।