काठमाडौं,५ पुस ।
ओखलढुंगाका प्रदीपकुमार सुनुवार अल्पसंख्यकको तर्फबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यको सोमबार सकिएको मतगणनामा सुनुवार २ हजार १७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम लेप्चाले ९८९ मत पाए ।

केन्द्रीय सदस्यमा निर्वाचित सुनुवार संस्थापननिकट हुन् । उनी दुई कार्यकाल कांग्रेसको ओखलढुंगा जिल्ला सभापति भइसकेका छन् । अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा ५ जना उम्मेदवार थिए ।