काठमाडौं,५ पुस ।
नेपालमा सोमबार थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमित निको भएका छन भने एक जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ८ लाख ९ हजार १५५ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५७४ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । जसमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा रहेका छन् भने २६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना बिरामी मध्ये २७ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






