बुटवल,४ पुस ।
मंसिर सुक्ल पूर्णिमाको अवसरमा बुटवलका मगरहरुले सामुहिक रुपमा पितृ (बाजि बज्या) पुजा गरेर मनाएका छन् ।

सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं ७ मा स्थापीत पितृ (बाजि बज्या) मन्दिरको उद्घाटन समेत भएको छ ।

मन्दिरको आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले नेपाल बहुजाती र बहुभाषी मुलुक भएको भन्दै सबै जात जाती,भाषा भाषी र समुदायहरुको मौलिक संस्कृतीको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष थर्क बहादुर बारघरेको सभापतित्व र नगर प्रमुख शिबराज सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा,संघका केन्द्रीय कोषाध्यक्ष कमला थापा,नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका उप सभापति ज्योती भण्डारी,नेकपा एमाले बुटवल उपमहानगर कमिटीका पूर्ब अध्यक्ष ऋषी पाण्डे,राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेम थापा,मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य शक्ति चाम्लिङ राई,नेपाल मगर संघका लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले,बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष कमल प्रताप थापा,संघका सल्लाहकार गम प्रसाद रेश्मी,नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष आन बहादुर सोती मगर,नेपाल आदिबासी जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सोनु थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका उपाध्यक्ष बसन्ती साठिघरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम संघका चिब हेमन्त बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।