काठमाण्डौं,४ पुस ।
नेपालमा आइतबार थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८७२ जनाको नमूना परीक्षण गर्दा १८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८९ जना कोरोना संक्रमित निको भएका छन भने सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार २७१ जना सक्रिय संक्रमित रहेका छन् ।






