काठमाडौ,४ पुस ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) अहिलेसम्म २ हजार ३९३ मत गनेर सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार २ हजार ३९३ मत गन्दा खुल्ला केन्द्रीय सदस्यमा शशांक कोइरालाकाे सबैभन्दा धेरै १ हजार ९७१ मत प्राप्त आएको छ । उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।
त्यस्तै एनपी साउदले १ हजार ५५८ मत प्राप्त गरेका छन् भने
बालकृष्ण खाणले १ हजार ५०७ मत प्राप्त गरेका छन् । उदयशम्शेर राणाले १ हजार ४४५ मत प्राप्त गरेका छन् भने
रमेश लेखकले १ हजार ४५१ मत प्राप्त गरेका छन् । त्यस्तै रामहरि खतिवडाले १ हजार ३९५ मत प्राप्त गरेका छन् भने अर्जुननरसिंह केसीले १ हजार ३८३ मत प्राप्त गरेका छन् ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः ३० बजेदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना सुरु भएको थियो । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।
कसले कति मत पाए ?
हालसम्म सबैभन्दा धेरै मत ल्याउने ४४ उमेदवारको मत यसप्रकार छ:-
१.डा.शशांक कोइराला-१९७१
२.एनपी साउद-१५३८
३.बालकृष्ण खाण-१५०७
४.रमेश लेखक-१४५१
५.उदय शमशेर राणा-१४४५
६.शंकर भण्डारी-१४३७
७.ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८.रामहरि खतिवडा-१३९५
९.अर्जुननरसिंह केसी- १३८३
१०.गोपालमान श्रेष्ठ -१३२३
११.जिप छिरिङ्ग लामा-१३१२
१२.जीतजङ्ग बस्नेत-१२८३
१३.नैनसिंह महर-१२८३
१४.डा.रामशरण महत-१२८१
१५.गोविन्द भट्टराई-१२७७
१६.सुनिलबहादुर थापा-१२४६
१७.बल बहादुर केसी-१२३३
१८.दिलेन्द्र प्रसाद बडू-१२३१
१९.मोहनबहादुर बस्नेत-१२०२
२०.दीपक गिरी-११७४
२१.सुरेन्द्रराज पाण्डे-११५१
२२.कुन्दनराज काफ्ले-११४३
२३.पद्मनारायण चौधरी-११३७
२४.गुरु बराल-१०३६
२५.सञ्जयकुमार गौतम-१००१
२६.गोविन्द राज पोखरेल-९६२
२७.गोपाल दहित-९३१
२८.राजीव ढुंगाना-९३५
२९.कृष्णकिशोर घिमिरे ९२९
३०.दिनेश कोइराला -९२५
३१.वीरेन्द्रकुमार कनौडिया-९१९
३२.ई.मोहन आचार्य-९१३
३३.अजयबाबु शिवाकोटी- ९०९
३४.मदनबहादुर अमात्य- ९०८
३५.उमेशजंग रायमाझी-८९१
३६.गणेश लामा-८८८
३७.मंगलप्रसाद थारु- ८७१
३८.मनोजमणि आचार्य-८५४
३९.केदार कार्की-८१९
४०.यज्ञबहादुर थापा-८००
४१.शम्भुलाल श्रेष्ठ-७९१
४२.हरिप्रसाद नेपाल-७८७
४३.तीर्थराज खनियाँ-७८०
४४.गंगाधर तिवारी-७६२






