काठमाण्डौं,३ पुस ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ ।
काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् ।
उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।
१०२२ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन् भने बालकृष्ण खाण ९७५ मतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै रमेश लेखक ९६९ मतसहित चौथो स्थानमा रहेका छन् ।








