काठमाडौं,३ पुस । नेपालमा शनिबार थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भ्एको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५० जना संक्रमणमुक्त भएका छन भने २ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ११० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।






