दाङ,३ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ संरचनाकारुपमा आएको प्रदेश तहलाई बलियो बनाउन सकेमात्र संघीता बलियो हुने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएपी) को आयोजनामा शनिबार दाङमा आयाेजित संघीयतामा कानून निर्माणको अवस्था र प्रदेश सरकार स्थानीय वित्त व्यवस्थापन विषयमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले संघीयताको प्रयोगमा नयाँ संरचनाकारुपमा आएको प्रदेशतह भएकाले प्रदेशलाई बलियो बनाएमा मात्रै संघीयता कार्यन्वयन हुन सक्ने बताएका हुन् ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारकाले स्थानीयतह र संघीय सरकार बीचमा समन्वय गरी काम गर्दै अगाडि बढाउनु पर्ने बताउँदै जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले जनतालाई सुसाशन दिनु पहिलो कर्तब्य भएको स्पष्ट पारे । सबैले जनताप्रति उत्तरदायी भएर निश्वार्थ भावले जनताको सेवा गर्नु पर्ने उनको भनाई छ ।
जनप्रतिधीहरुको नेतृत्वमा जनतालाई दिने सेवा प्रवाह सरल र सहज जनमैत्री हुनु पर्ने बताउँदै मुख्यमन्त्री केसीले सेवाग्रहीलाई दिने सेवाका विषयलेनै सरकारको लोकप्रियता कायम हुने भएकाले चुस्त दुरुस्त सेवा प्रवाह गर्नुपर्नेमा जाेड दिए । जनताको विकास निर्माणको अपेक्षा धेरै रहेको भन्दै उनलेे सिमिति श्रोत साधनबाट पनि परिणाममुखी नतिजा दिनु पर्ने बाध्यता रहेको बिचार ब्यक्त गरे ।
स्थानीयतहहरूकाे कार्यकाल सकिन लागेकाेले अब सबै जनप्रतिनधीहरुको आफ्नो कामकाे तुलना गर्ने बेला भएको बताउँदै उनलेे अब सबैले आफ्नो कार्यकालको लेखाजोखा पनि गर्नुपर्ने बताए ।
`जनताबाट निर्वाचित कार्यकालको अन्तिमतिर आउँदै गर्दा हामीले संघीयतामा कानून निर्माण, जनताको अपेक्षा, र विकास निर्माणको सवाल, वित्त व्यवस्थान लगायतको विषयमा घनीभूत रुपमा छलफल गरी आगामी दिनको यात्रा तय गर्नुपर्दछ ।’ उनले भने ।
प्रदेश सरकारले लिएको समृद्ध लुम्बिनी र आत्मर्भिर प्रदेश निर्माणको सपनालाई साकार पार्नका लागि लुम्बिनी प्रदेशभित्रका सम्पूर्ण १०९ स्थानीयतहरुको सामूहिक बुझाई र कार्यन्वय गर्न आवश्यक रहेको बताउँदै मुख्यमन्त्री केसीले साझा धारणाका साथ विकासमा अगाडि बढ्न स्थानीयतहका जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव कुमार दाहालले कानून निर्माणको आवश्यकता र निर्माणको अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए भने अर्थमन्त्रालयका सह सचिव बाबुराम सुवेदीले राज्यको वित्त व्यवस्थानको विषयमा प्रस्तुकिरण गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशभित्रका १०९ वटा स्थानीयतहबाट प्रमुख र उप्रमुखको सहभागीता रहको थियो । विगतदेखि प्रदेश र स्थानीय तहमा शुसासन कायम गर्न पीएलजीशएसले काम गरिरहेको लुम्बिनी प्रदेशका प्रशासन सचिव नरेन्द्र कुमार रानाले जानकारी दिए ।






