बुटवल,३ पुस । मानवअधिकार तथा शान्ती समाज रुपन्देही शाखाले आफ्नो २२ औ साधारणसभा शनिबार बुटवलमा सम्पन्न भको छ ।
साधारणसभाको अवसरमा समाजले “गुणस्तरीय स्वास्थ सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार” बिषयक अन्तरसम्वाद कार्यक्रमको समेत सम्पन्न भएको छ ।
कार्यक्रममा मानवअधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति गोविन्द खनालले राजनीतिक दलहरुले वैज्ञानिक शिक्षालाई नारा बनाए पनि, त्यसले ठाेस र मुर्त रूप लिन नसकेको बताए ।
वैज्ञानिक र प्राविधिक शिक्षा महङ्गो हुँदा धेरै विद्यार्थीहरुले शिक्षाबाट बन्चित हुनुपरेको भन्दै सभापति खनालले राज्यले
बालबालिका हरूलाई विद्यालय पुर्याउने र निशुल्क वैज्ञानिक शिक्षा दिलाउनुपर्नेमा जोडे दिए ।
नेपालमा ग्रामीण भेगमा स्वास्थको अबस्था निकै निराशाजनक भएको भन्दै उनले चुनावका बेला नेपाली राजनीतिक दलहरूले जनतालाई आस देखाए पनि नागरिकको जीवनशैली परिवर्तन गर्न नसकेकोप्रती चिन्ता ब्यक्त गरे ।
समाजका उपाध्यक्ष कृष्ण रावलले सरकारले मानवअधिकार र मौलिक हकहरु नारामा मात्रै सिमित गरेको भन्दै मानवअधिकारकाे हक कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा नेकपा एमालेका रुपन्देही उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सचिव प्रजापाल गिरि, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य पुष्पराज ढकाल, नेकपा एकीकृत समाजवादीका रुपन्देही ईन्चार्ज डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासघ रुपन्देहीका सभापती रामराज पोख्रेल, प्रेस युनियनका सभापति रेखा भुषाल लगायतले मानवअधिकार तथा शान्ती समाजले स्वास्थ सेवा र शिक्षाप्रती देखाएको चासो प्रति ऎक्यबद्दतासमेत जनाएका थिए ।
शान्ति समाजका जिल्ला सभापति डिपि खनालकाे सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
देशभरमै उत्कृष्ट शाखा बन्न सफल भएको मानवअधिकार तथा शान्ति समाजकाे रुपन्देही शाखाले नियमित रुपमा विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।






