काठमाडौं,२ पुस ।
नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा प्रदेश २ बाट चित्रलेखा यादव निर्वाचित भएकी छन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवसँग ८४६ मतान्तरले बिजयी भएकी हुन् ।

प्रदेश दुईको भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्य बनेकी चित्रलेखाले खसेको कूल ४ हजार ६६२ मतमध्ये २ हजार ७३१ मत पाएकी छन् भने चौधरीले १ हजार ८८५ मत मात्र ल्याएकी छन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।