काठमाण्डाै,२ पुस । नेपालमा शुक्रबार थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी नौ हजार १६ जनाको नमुना परीक्षण गर्दा २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २७० जना काेराेना संक्रमित निको भएका छन् भने थप तीन जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल देशभर पाँच हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा दुई लाख ६ हजार पाँच सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म दुई करोड १४ लाख ४५ हजार एक सय ४५ डोज खोप प्रयोग भएकोमा ९५ लाख ३१ हजार दुई सय ५९ जनाले पूर्ण मात्रा र एक करोड १९ लाख १३ हजार आठ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् ।
नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






