बुटवल,२ पुस । रुपन्देहीकाे सिद्वार्थनगर नगरपालिकाका एक वडा सचिवलाई
अख्तियारकाे टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

अख्तियारकाे नियन्त्रणमा पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोमद सिद्धिक रहेका छन् ।

विवाह दर्ताकाे प्रमाणपत्र लिने कार्यमा सहजिकरण गरिदिने भन्दै
सेवाग्राहीसँग ३ हजार खुस लिदै गर्दा शुक्रबार कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको भइरहेको प्रवक्ता भण्डारीले बताए ।