काठमाण्डौ,१ पुस ।
नेपालमा कोरोना भाइरस संक्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ६६ प्रतिशत अर्थात् १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता आज बिहीवार पहिलो पटक संक्रमण दर सबैभन्दा कममा झरेको हो ।

यस्तै थप दुई सय ६७ जनासँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख आठ हजार ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनासहित संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ६७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार जनाभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९४ लाख ६८ हजार चार सय ८९ पुगेको छ । यस्तै अहिलेसम्म दुई करोड १२ लाख ३८ हजार ६ सय २३ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।