लुम्बिनी,१ पुस ।
लुम्बिनीमा पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौ सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नया बर्ष २०२२ को अवसरमा लुम्बिनी होटल संघको आयोजनामा लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन ।

गत बर्षहरुकै महोत्सवलाई निरन्तरता दिने गरि अहिले थप परिस्कृत र सावधानी अपनाउदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । सडक खाना महोत्सवमा बौद्धकालिन परिकार देखी स्थानिय स्तरमा पाईने तथा तारे होटलहरुको परिकार पर्यटकले एकै स्थानमा स्वाद लिन पाउने आयोजकको दावी छ । बिशेष गरि स्थानिय स्तरमा रहेका थारु, मुस्लिम, मधेशी समुदायहरुको परिकारका साथै लुम्बिनीमा रहेका तारे होटलहरुको परिकारहरु न्यून मूल्यमा उपलब्ध गराईने ज्ञवालीको भनाइ छ ।

महोत्सवमा लुम्बिनीका होटलहरुमा ५० प्रतिशत भन्दा बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पाउने छ्न । महोत्सवलाइ ब्यवस्थित बनाउन छोटो दुरिका लागि निशुल्क यातायात साधनको ब्यवस्था समेत गरिएको छ । भैरहवा, बुटवल, सैनामैना, गैडहवा, फायरलाइन, कपिलवस्तु लगायतका स्थानबाट लुम्बिनीका लागि यातायात सन्चालन हुने संघका महासचिव पुरुषोत्तम अर्यालले बताए ।