बुटवल,१ पुस ।
उष्णप्रदेशिय रोगको निदान तथा त्यसबाट उत्पन्नहुने अवस्थाबाट निर्माण हुने अपाङ्गताको अवस्थालाई रोक्न पुर्व सावधानी तथा सचेतनाको लागि सञ्चारकर्मीहरुले कलम चलाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
ईन्द्रेणी ग्रामिण विकास केन्द्रको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपालको सहयोगमा बुटवलमा सञ्चालन भएको स्थानिय विकेन्द्रीकरण स्वाथ्य परियोजना अन्र्तगतको स्थानीय सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले रोग पश्चात उत्पन्न हुने सामाजिक विभेदको विरुद्धमा समेत सञ्चारकर्मीहरुले दरिलो रुपमा कलम चलाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारहरुले सबै क्षेत्रमा कलम चलाउनुपर्ने बाध्यता रहदा रहदै पनि खासगरी उष्णप्रदेशीयरोगहरुको विषयमा पुर्व सावधानी, असर तथा प्रक्रिया र रोग निदानका प्रक्रिया र उत्पन्न पस्थिीतिबाट सृजना हुने अवस्था र विभेदको विषयमा सचेनामुलक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।
फेयरमेड फाउडेसनका प्रोजेक्ट कोअर्डीनेटर शिसिलाल कर्णले स्वाथ्य क्षेत्रमा समान्य पुर्व सावधानी अपनाएमा ठुलो दुर्घटनाबाट बच्न सकिने बताए ।
चिकित्सक डा. विष्णु विश्वकर्माले सहजीकरण सहित कार्यपत्र प्रस्तुुत गरेका थिए ।
कार्यक्रममा ईन्द्रेणी ग्रामिण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाह, आधारभुत स्वाथ्य परियोजना कार्यक्रम अधिकृत मिरा थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, पत्रकार शरण कर्मचार्य लगायतले आ आफ्नो धारणा राखेका थिए ।






