काठमाडौं,१ पुस । रक्षामन्त्री डा मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।
प्रारम्भीम मत परिणाममा महामन्त्रीमा पराजित हुने सम्भावना देखिएपछि उनलेे राजीनामा घोषणा गरेका हुन् ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।





