काठमाडौँ,१ पुस ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनको अहिलेसम्मको मतपरिणाममा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
११९५ मतगणना हुँदा गगनले ७५६मत पाएका छन भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले ४९० मत प्राप्त गरेका छन् ।
त्यस्तै महामन्त्रीका प्रत्यसासी प्रकाश शरण महतको ३८९, प्रदिप पौडेलको ३६९,मिनेन्द्र रिजाल २२३ र राजाराम कार्कीको ३९ आएको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा.राजाराम कार्की महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भइसकेका छन भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् ।
महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।





