काठमाडौं,२९ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।
गुरुङ ४ मतले गच्छदार भन्दा अगाडि छन् ।
४२५८ मत गन्दा खड्काले १८६५, गुरुङले १६९३ र गच्छदारले १६८९ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले १४३२ मत पाएका छन् ।
उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।





