काठमाडौं,२९ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङले अग्रता थप फराकिलो बनाउदै लगेका छन् ।

१५०० मतगणना हुदा तेस्रो स्थानमा रहेका डा चन्द्र भण्डारी अहिले दोस्रो स्थानमा उक्लिएका छन् भने यसअघि दोस्रो स्थानमा रहेका पुर्ण बहादुर खड्का तेस्रो स्थानमा झरेका छन् ।

उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार चौथो स्थानमै सिमित भएका छन् ।

३४०० मतगणना गर्दा धनराज गुरुङले १५६५,चन्द्र भण्डारीले १२९८,पूर्णबहादुर खड्काले १०९२, विजयकुमार गच्छदारले
८७६ र महेश आचार्यले ३६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुने ब्यवस्था रहेको छ ।