काठमाडौं,२९ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङले अग्रता थप फराकिलो बनाउदै लगेका छन् ।
१५०० मतगणना हुदा तेस्रो स्थानमा रहेका डा चन्द्र भण्डारी अहिले दाेस्राे स्थानमा उक्लिएका छन् भने यसअघि दाेस्राे स्थानमा रहेका पुर्ण बहादुर खड्का तेस्रो स्थानमा झरेका छन् ।
उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार चाैथाे स्थानमै सिमित भएका छन् ।

२३०० मतगणना गर्दा धनराज गुरुङले ९६०,चन्द्र भण्डारीले ८७०,पूर्णबहादुर खड्काले ८४० र विजयकुमार गच्छदारले
६६० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुने ब्यवस्था रहेको छ ।