काठमाण्डौ,२९ मंसिर ।
नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २ हजार ७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी २८० जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३०० जना कोरोना संक्रमित निको भएका छन भने ६ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये ११८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।






