बुटवल,२९ मंसिर ।
रेनोल्टको एक्सचेञ्ज अफर शुरु भएको छ । बुटवल तथा यस क्षेत्रको आधिकारिक विक्रेता जुपिटर ह्विल्स प्रालिले कालिकानगरस्थित शोरुममा पाँच दिने एक्सचेन्ज अफर राखेको हो ।

जुपिटर ह्विल्स प्रालिले बुधबार पत्रकार सम्मेलन गरि प्रालिका
एक्सचेन्ज अफर बारेमा जानकारी गराएको हो ।
मंसिर २९ गतेबाट शुरु भएको अफर पुस ४ गतेसम्म चल्ने
संचालक दिपक श्रेष्ठले जानकारी दिए । यसैगरि स्पोट एक्सचेञ्ज, विशेष नगद छुट, गिफ्ट हेम्पर, फ्रि चेकअप, फ्रि वास, फुड स्टलको साथमा मनोरन्जनको समेत ब्यवस्था गरिएको उनले बताए ।
प्रालिका म्यानेजर कृष्ण खड्काले बिक्रिपछिको सर्भिस र स्पेयर पार्टसको समेत सुविधालाई प्राथमिकता दिएको उल्लेख गरे । शोरुमबाट प्रत्येक वर्ष बजारमा सय बढि कार बिक्रि हुँदै आएको उनको दाबी छ । क्विड, काईगर, ट्राईवर, डष्टर गरि विभिन्न अप्सनका सिटि राईडसँग अफरोड चारपाङ्ग्रे सवारीहरु उपलब्ध रहेका छन ।
एडभान्स अटोमोबाईल्सका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठले रेनोल्टबारे उपभोक्ता प्रमोशन गर्ने लक्ष्यसहित ईभेन्ट चलाईएको बताए । क्विड र ट्राईवड लाई मुख्य ध्यान दिएर ईभेन्ट चलाइएको छ ।
यसअघि नारायणघाटमा ईभेन्ट सकेर बुटवल, भैरहवा र पोखरा गरि ४ स्थानमा गर्ने तयारी रहेको छ । शुरुवातदेखि नै थ्रि एस सुविधालाई ध्यान दिँदा उपभोक्तामाझ लोकप्रिय रहेको श्रेष्ठले उल्लेख गरे ।