बुटवल,२९ मंसिर ।
रुपन्देहीको मायादेवी गाउँपालिकाबाट प्रहरीले अवैध काठ सहित एक ट्रयाक्टर बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले मायादेवी–४ बाट ८० हजार मूल्य बराबरको मिल जातको काठ बरामद गरेको हो ।
लु २ त १९०१ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको अवस्थामा २० थान गोलीया ३५ क्यूफिट काठ बरामद गरीएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
आबस्यक कारबाहिका लागि ट्याक्टरसहित बरामद काठ डिभिजन वन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।






