काठमाण्डौं,२८ मंसिर ।
नेपालमा मंगलबार थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ४ हजार ३१७ एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ६०९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमित निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ भने ८ लाख ७ हजार ५१६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ ।

संक्रमित मध्ये ५ हजार ३८६ जना होम आइसोलेसनमा रहेका छन् भने ३०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।