sf7df8f}F,@& dªl;/M dtbfg ug{ nfda4 k|ltlglw g]kfnL sfFu|]sfsf] !$cf}F dxflwj]zgdf dtbfg ug{ ;f]daf/ nfdaå s]G›Lo k|ltlglw . tl:a/ M /Tg >]i7÷/f;;

काठमाण्डौं,२७ मंसिर ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा तीन हजार ५०८ मत खसेको छ । आज बिहान पौने १२ बजेदेखि सुरु भएको मतदानमा अहिले सम्म सभापतिमा ४३ सयभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिसभा गृहमा एक हजार तीन सय मतदाताका लागि मतदान गर्ने निर्वाचन समितिले ब्यवस्था मिलाएको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टाबढी समय लागेको बताइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ रहेको छ ।

यसैबीच नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदानको समय थप गरिएको छ । सोमबार बिहान पौने १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि समय बढाइएको हो ।

कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम साढे १० बजेसम्मलाई बढाइएको छ ।
डेढ घण्टा थपिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

यसअघि आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएकोमा बिहान मतदान सुरु हुन ढिला भएपछि बेलुका ९ बजेसम्मका लागि समय थपिएको थियो ।